वसीम जाफरको बेस्ट टि-२० इलेवनमा नेपालबाट परे यी खेलाडी…

१० बैशाख, काठमाडौँ । भारतका पुर्वक्रिकेटर वसीम जाफरले आफ्नो बेस्ट टि-२० इलेवन घोषित गरेका छन । वसीम जाफरले ट्वीटर मार्फत ट्वीट गर्दै आफ्नो बेस्ट टि-२० इलेवन घोषणा गरेका हुन । उनले प्रत्यक देशबाट एक खेलाडी समावेश गरेका छन । उनले नेपालका स्पिनर सन्दिप लामिछानेलाई पनि आफ्नो टिममा समावेश गरेका छन ।

वसीम जाफरले भारतका लागि ३१ टेस्ट र २ एकदिवसीय खेल खेलेका छन । उनले आफ्नो नाम भने प्रथम श्रेणीको क्रिकेटबाट कमाए । उनले २६० प्रथम श्रेणीका खेलहरु खेलेका छन जसम उनले १९,४१० रन बनाएका छन । प्रथम श्रेणी क्रिकेटमा उनले ५७ सतक र ९१ अर्धसतक समेत बनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!