न्युजिल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ ।जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट हुन पुग्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । गुप्टिललाई २३ औं ओभरको दोस्रो बलमा प्याट कमिन्सले स्टिभ स्मिथबाट क्याच आउट गराए । अर्का ओपनर हेनरी निकोलस १०, कप्तान केन विलियम्सन १९ र रस टेलर ४ रनमा आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।

विलियम्सनलाई स्पिनर एडम जम्पाले २० औं ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । टम लाथमले ४० बलमा ४ चौका सहित ३८ रन जोड्दै केहि आशा जगाए । तर ३३ औं ओभरको तेस्रो बलमा जोश हेजलवुडले डी आर्सी सटबाट क्याच गराएपछि जित टाढिएको थियो ।कोलिन डी ग्रान्डहोमले २५, मिचेल सान्टनार र ईश सोधीले १४–१४ रन जोडे । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्सले ८ ओभरमा २ मेडन राख्दै २५रन खर्चेर ३ विकेट लिए । मिचेल मार्शले ७ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । जेश हेजलवुड र एडम जम्पाले २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!