कोटिन्होलाई चेल्सीले किन्ने सम्भावना

काठमाडौँ, ६ चैत । बार्सिलोनामा निकै सफलता पाउँछु भन्दै लिभरपुल छोडेका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो चेल्सी आउन सक्ने सम्भावना बढेको छ । बार्सिलोनामा फ्लप सावित भएपछि उनलाई लोनमा बायर्न म्युनिख पठाइएको थियो ।तर, बायर्नमा पनि उनी खासै जम्न सकेका छैनन् । बार्सिलोना उनलाई फिर्ता ल्याउने पक्षमा रहेको छैन ।

उनलाई अफलोड गर्न नै अन्तिम विकल्प रहेको समिक्षकहरुले बताएका छन् ।उनलाई चेल्सीले लोनमा लैजान तयार रहेको बताइएको छ । चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड उनको खेलदेखि निकै प्रभावित भएका व्यक्ति हुन् ।उनलाई बार्सिलोनाले ८४ मिलियन पाउण्डमा बेच्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!