भर्खरै सुनकोशीमा भीरबाट गाडी खस्यो ! यस्तो छ अवस्था…

काभ्रे : भुम्लु गाउँपलिका–८ सिलामे भीरमा बोलेरो जिप सुनकोशी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। दोलालघाटबाट सापिङ जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दिउँसो करिब ४ बजे उकालोमा ब्याक भएर नदीमा खसेको हो।

दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए।

बोलेरोमा सवार ३४ वर्षीया सानुमाया गिरी गरिएको छ। उनलाई उपचारका लागि बनेपा शिरमेमोरियल अस्पतालमा ल्याइएको छ।

यो पनि पढ्नुहोस:
काठमाडौँ, ७ जेठ । कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार नयाँ २५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ ।

जसमा १८ जना पुरुष र ७ जना महिला छन् ।मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारीअनुसार संक्रमित हुनेमा धनकुटाका ५ जना रहेका छन् । उनीहरुको उमेर २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीय महिला रहेका छन् ।

त्यसैगरी बाँके नरैनापुर बस्ने १७, २०, २८ र ३० वर्षीय ६ जना पुरुष र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडिटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षणहरु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!