को’रोनाको उ’पचारमा खटेकी न’र्स भि’त्री पो’शाकमै पुरुष वार्डमा पुगेपछि…

कोरोना भाइरस ‘कोभिड १९’ को उपचारमा खटेकी रुसकी एक नर्स भित्री पोशाकमै पुरुष वार्डमा पुगेपछि यो विषय भाइरल बनेको छ।सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएकी छन्। २० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी थिइन्। उक्त वार्डमा पुरुष कोरोना संक्रमितहरु उपचाररत छन्।

जब भित्री पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। ती नर्सले भने अत्याधिक गर्मी भएका कारण मात्र भित्री पोशाक लगाएको प्रतिक्रिया दिएकी छिन्। एजेन्सी

यो पनि पढ़नुह्सो
काठमाडाैं । नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ । त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं । यसलाई पुष्टि गर्ने केहि आधार छन् ।

१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो ।

२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो |
३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए ।

४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ । बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन । त्यस्तै कसैको पनि मृत्यु भएको थिएन ।

५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ | र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन । र्‍यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ ।

६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ ।

७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन | उनलाई बुटवल रिफर गरियो । बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो । त्यसैले भेन्टिलेटरमा राखियो | उनको कोरोना टेस्ट पोजिटिभ देखियो । उनको ट्राभल हिस्ट्री छैन । गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन । यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् । यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!