जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन्- मनिषा कोइराला, अनि बोल्दिनन त ? – रवि

काठमाडौं । कुनै समय भारतीय चलचित्रमा एकछत्र राज गरेकी नेपाली नायीका मनिषा कोइरालाका विरुद्ध अहिले सारा भारतीय मिडिया र भारतीय नागरिक सामाजिक सञ्जाल मार्फत खनिएका छन् । उनीहरुले नायीका मनिषलाई भारतको खादी लगाएर चीनको इशारामा भारत विरुद्ध अभिब्यक्ति दिएको आरोप लगाएका छन् ।

मनिषाले राष्ट्रको सिमानाका पक्षमा सरकारले गरेको निर्णयमा समर्थन जनाउँदा भारतीयको आँखाको तारो भएकी हुन् । उनले सामाजिक सञ्जा ट्वीटरमा गरेको रिट्वीटले भारतमा हंगामा मच्चाएको छ । मनिषाले परराष्ट्रमन्त्री प्रदिप गरेको ट्वीट गर्दा यस्तो आलोचना सहनु परेको हो भारतीय मिडियाले प्राथमिकताका साथ मनिषालाई आलोचना गरेका छन् ।

प्रदीप ज्ञवालीले यस्तो ट्वीट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’मन्त्री ज्ञवालीको यो ट्विटमा मनिषाले रिट्विट गर्दै उनले थप केही कुरा उल्लेख गरेकी छन् । मनिषाले लेखेकी छन् , ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद १ हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!