३२ वर्षअघि अ’पहरणमा परेका छोरा भेटिएपछि…

सन् १९८८ मा सीआन सहरका माओ यिन नर्सरीबाट आफ्ना बुवाको हात समातेर घर फर्किंदै थिए। साढे २ वर्षका उनलाई तिर्खा लाग्यो। छोरालाई बाटोमै उभ्याएर उनका बुवा पानी लिन एक होटलमा गए। त्यहीबेला अ’पहरणकारीले माओलाई अ’पहरण गरे।

अ’पहरणकारीले उनलाई मा’रेनन्, न त फि’रौती नै मागे।
माओ अ’पहरणमा परेपछि उनकी आमा लि जिन्झीले आफ्नो जागिर छोडिन् र छोरो नभेटुन्जेल उनको खोजी जारी राख्ने अभियान सुरू गरिन्। १ लाखभन्दा बढी पोस्टर टाँसिन्, दर्जनौं टेलिभिजनमा अन्तर्वार्ता दिइन्।

उनको अभियानले ह’राएका अरू २९ बालबालिका भे’टिए। चीनमा धेरै मानिसले उनलाई चिन्न थाले। ‘मलाई आशाले हौसला दिन्छ,’ केही महिना अघिको एक अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्,‘मलाई विश्वास छ एकदिन मेरो छोरालाई भेट्टाउनेछु।’

१ लाखभन्दा बढी पोस्टर टाँसिन्, दर्जनौं टेलिभिजनमा अन्तर्वार्ता दिइन्। उनको अभियानले ह’राएका अरू २९ बालबालिका भे’टिए। चीनमा धेरै मानिसले उनलाई चिन्न थाले।

उनले भनेको त्यो एकदिन आउन गत अप्रिलमा केही स्पष्ट सं’केतहरू मिले। प्रहरीले ६ सय किलोमिटर टाढाको एउटा सहरमा सिआनका केटालाई ६ हजार युआनमा बे’चिएको सूचना पायो। त्यसपछि अधिकारीहरूले माओका बच्चा बेलाका तस्बिर र अहिले अवस्थाको अनुहार पहिचान गर्ने प्रविधि प्रयोग गरेर अ’नुसन्धान थाले।
डिएनए परीक्षणबाट पुष्टि भयो कि हराएका माओ तिनै हुन् जसलाई उनकी आमाले वर्षौंदेखि खोजिरहेकी छन्।

मे १० मा चीनमा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ। सोही दिन प्रहरीले लीलाई फोन गरेर भन्यो- तपाईंका छोरा भेट्टिए।
‘आमाको मुख हेर्ने दिनमा मैले पाएको यो नै सबैभन्दा राम्रो उपहार हो,’ लीले भनिन्। त्यसपछि अधिकारीहरूले यो परिवारको पुनर्मिलनको चाँजोपाँजो मिलाए।

मंगलबार केही अधिकारी र दर्जनौं टेलिभिजनले भरिएको कोठाको ढोका खोलियो। लीले आफ्ना छोरालाई अँ’गालो मा’रिन्। उनका आँखाबाट आँ’सु बगिरहेका थिए। ३२ वर्षअघि घर ल्याउँदै गरेको छोरो भेटिएपछि उनका बुवाले छोराको निधारमा म्वा’इँ खाए।

अ’पहरणकारीले बेचेपछि माओको नाम परिवर्तन गरिएको थियो। उनको नाम गु निङनिङ राखिएको थियो। उनी सिचुवान प्रान्तको मियानयाङ सहरमा हुर्कंदै थिए। उनलाई देशभरि आफ्नो खोजी हुँदैछ भन्ने पत्तै थिएन।

‘हामीलाई छोरा खोज्न सघाउन लाखौं सहयोगीलाई धन्यवाद छ,’ लीले समाचार संस्था सिन्ह्वासँग भनिन्,‘मैले यो पत्याउनै सकेकी छैन कि २९ जना अभिभावकलाई उनीहरूका छोराछोरी भेट्टाइदिएपछि म आफ्नै छोरालाई भेट्टाउन सफल भएँ।’

अ’पहरणकारीले बेचेपछि माओको नाम परिवर्तन गरिएको थियो। उनको नाम गु निङनिङ राखिएको थियो। उनी सिचुवान प्रान्तको मियानयाङ सहरमा हुर्कंदै थिए। उनलाई देशभरि आफ्नो खोजी हुँदैछ भन्ने पत्तै थिएन।

उनकी आमाले सुरूमा आफ्नो गाउँ र काउन्टीमा मात्र छोराको खोजी गरिन्। पछि एकपटक उनकै छोराको नाम भएको बच्चा भेटिएको भनेपछि उनी सिचुवानसम्म आएकी थिइन्। नाम उही भए पनि बच्चा आफ्नो नभएपछि उनी फर्केकी थिइन्। चीनमा लामो समयसम्म बच्चा अ’पहरण ठूलो समस्या छ। अभिभावकबाट छुटाइएका बच्चाहरूलाई आ’पराधिक काम, म’गन्ते र यौ’नधन्दा लगाउने गरिन्छ।

कतिले अ’पहरणमा परेका बच्चालाई चिनियाँ/विदेशी जोडीलाई ‘एड्यप्ट’ गर्न बेच्छन्। गत वर्षमात्र चिनियाँ प्रहरीले डिएनए परीक्षण गरेर हराएका ६ हजार ३ सय बच्चाहरूलाई उनीहरूका आमाबुवालाई बुझाएको थियो।

इन्टेरियर डिजाइन कम्पनी चलाइरहेका माओ रातारात बदलिएको आफ्नो जीवन देखेर अचम्मित छन्। काममा फर्किनुअघि आमाबुवासँग धेरै समय बिताउने उनको योजना छ।
‘साँच्चै भन्नुपर्दा भविष्यमा के हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने।

एजेन्सी/ सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!