‘भारतीय मिडिया जस्तो बकम्फुसे हैन, प्रमाणका आधारमा बोल्छौं’ भन्दै रविले गरे यस्तो घोषणा…

नेपालले लिपुलेक लिम्पियाधुरा र कालापानी सहितको नयाँ नेपाली नक्सा सार्वजनिक गरेसँगै भारतमा खैलाबैला मच्चिएको छ। केही दिनअघि मात्र भारतले नेपाली भूमिमा सडक निर्माण गरी उद्घाटन गरेपछि नेपालले त्यसप्रति चासो देखाउँदै नयाँ भूभाग समेटेर नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै भारतीय मिडियाहरुमा नेपालको उक्त कार्यप्रति वि’रोध जनाउँदै नेपाल चीनको गोटी भएको आरोपस:लगाए । लिपुलेक लिम्पियाधुरा कालापानी आफ्नो भूमि भएको भन्दै नेपालको नक्सा अस्वीकार्य रहेको भन्दै विभिन्न समाचार बुलेटिनहरु मा नेपालको विरोध गरे ।

यसैक्रममा नायिका मनिषा कोइरालालाई ट्वीटलाई लिएर भारतीय मिडियाले उनको आ’लोचना गरे । “भारतका खाना खाके , चीनका गना गाता है “भन्दै निम्न स्तरको शब्द प्रयोग गरी मनिषाको आलो’चना गरे ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका भूगाग समेट्दै नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोही निर्णय जानकारी गराउँदै ट्वीट गरे ।

अभिनेत्री मनीषा कोइरालाले त्यसलाई रिट्वीट गर्दै लेखिन– ‘हाम्रो सानो राष्ट्रको गरिमा राख्नु भएकोमा धन्यवाद । हामीले तीनै महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता होस् भन्ने चाहेका छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटरमा भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले पीत पत्रकारिता गरेको आरोप लगाएका छन् । त्यस्तै, करिष्मा मानन्धर, सञ्चिता लुइँटेल, शिल्पा पोखरेललगाएतका नेपाली अभिनेत्रीहरु पनि मनीषाको पक्षमा उभिएका छन् ।

त्यसै क्रममा चर्चित पत्रकार रबि लामिछानेलिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने ठोस प्रमाणसहित कार्यक्रम प्रसारण गर्ने भएका छन्। बिहीबार बिहान एउटा फेसबुक पोस्ट गर्दै उनले घोषणा गरेका हुन् : “आजको कार्यक्रमको विशेषत तयारीमा छौं। भारतीय मिडिया जस्तो बकम्पुसे हल्ला हैन। तथ्य प्रमाणका आधारमा बोल्ने प्रयासमा छौं ।”
हेर्नुहोस् उनले फेसबुकमा पोस्ट गरेको स्टाटस जस्ताको तस्तै:

हिजोमात्र  रवि लामिछानेले पनि मनिषा कोइरालाको समर्थन गर्दै फेसबुकमा स्टाटस राखेका छन् । उनले भनेका छन्

“मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त?”

हेर्नुहोस् उनको हिजोको पोस्ट जस्ताको तस्तै:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!