ब्रोइलर कुखुराको मासु नखानुस, ज्या’नै जान सक्छ !पुरा हेर्नुहोस

एजेन्सी:-

वैज्ञानिकहरुले कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएका छन् । भर्खरै अमेरिकामा गरिएको एक अध्यनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य सार्वजनिक गरेको हो ।

अध्यन अनुसार नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले ब्रोइलर कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।जसले ज्यान पनि लिन सक्छ । अध्यनमा उल्लेख गरिए अनुसार नेपाल जस्ता मुलुकमा एन्टिवायोटिकबाट उत्पादन गरिएका कुखुरा खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन्छ ।

‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्ययनले ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदा हुँदै जाने हुन्छ ।

जर्नलमा प्रकाशित अध्ययनमा त्यस्ता कुखुराको मासु सेवन गर्दा मानिसमा पनि एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्यनमा भेटिएको वैज्ञानिकले बताएका छन् ।औषधीले काम नगरेपछि सामान्य रोगबाट समेत मानिसको मृत्यु हुन सक्ने अध्ययनको दाबी छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!