‘परिवारले माफ गरिदिन्छन् कि भन्ने आश थियो, गरेनन्, गो’ली हानेर मृ’त्युदण्ड दिइयो’ (भिडियो सहित)

१० जेठ,काठमाण्डौ । गएको वैशाख ४ अर्थात अप्रिल १६तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । फोन उठाउनुभयो । कतार बाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनुहुन्थ्यो । फोन उठाउन साथ भाञ्जाले भन्नु भयो, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद मलाई आजै सुट गर्छन् ।’ओमप्रकाश बोल्न सक्नुभएन ।

अनिल थप बोल्नुभयो, ‘मैले केही गल्ती गरेको छैन, मलाई हत्यारा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को को सँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’ ओमप्रकाशले बुवा आमा सँग पनि कुरा गराइदिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्लड कसरी मिल्यो, मैले मारेको होइन ।’

अनिलको अत्यास र अघिल्लो दिनदेखि आएको फोनले ओमप्रकाशलाई लाग्यो,यो नै भाञ्जासँगको कुराकानी अन्तिम हुनेछ । शङ्का सही साबित भयो । परिवार लाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यहीदिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६बजेर ३८ मिनेटमा गो’ली हानेर मृ’त्यु द’ण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झस्कनुहुन्छ ।

पहिले पहिले अनिलको ज्यान बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको शव व्यवस्थापनका बारेमा सोध्न फोन गर्छन् । शव अस्पतालमा छ । एक महिना बित्दा पनि शव त्यतै अन्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवारले सोच्न सकेको छैन । अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृत्युदण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद खबर सुनाउनसमेत सकेका छैनन् । ‘आमालाई बेलाबेला गाउँ का महिलाले तिम्रो छोरालाई मारे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!