पल्सर २२० एफ एबीएस नेपाल भित्रियो, बिक्री सुरु, यस्तो छ नया मूल्य हेर्नुहोस

काठमाडौं:-नेपाली बजारमा लोकप्रिय मोटरसाइकल बजाज पल्सर २२० को एबीएस भर्सन नेपाली बजारमा भित्रिएको छ । कोरोनाका कारण लकडाउन भएपछि यो मोटर साइकल २२० एफको एबीएस भर्सन बिक्री शुरु हुन सकेकाे थिएन ।अब बिक्री सुरु भएको हो नेपालका लागि बजाज मोटर साइ कलको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले नेपालमा नै एसेम्बल गरेको यो मोटर साइकलको मूल्य ३ लाख ३६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । बजाज अटोले केही समय अगाडि भारतीय बजारमा बजाज पल्सर २२० को एबीएस भर्सन सार्वजनिक गरेको थियो ।

दुवै ह्वीलमा डिस्क ब्रेक रहको यो मोटरसाइकल हाल नेपाली बजारमा नन् एबीएस भर्सनमा विक्री हुँदै आएको छ । सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ ।यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलो ग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगा इएको छ । नेपाली बजारमा नन् एबीएस भर्सनको मूल्य ३ लाख १६ हजार ९०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!