ह्वात्तै घटेयो आज सुनको भाउ हेर्नुहोस आजको मुल्य

काठमाडौ:-मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ मा कारोबार भएको थियो । मंगलबार चाँदीको मुल्य स्थिर रहि तोलाको नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!