आइपीएलका लागि वेष्ट इन्डिज खेलाडी युएईमा, सन्दिपकाे न्यूयाेर्कमा फ्लाइट छुट्याे

sports

आसन्न इन्डियन प्रिमियर लिग क्रिकेटका लागि दिल्ली क्यापिटल्र्सका दुई वेष्ट इन्डियन खेलाडी किमो पोउल र हिटमेयर दुबई पुगेका छन ।क्यारेवियन प्रिमियर लिग सकेर उनीहरु आइतबार विहान दुबई पुगेका हुन ।

तर नेपाली खेलाडी सन्दिप लामिछाने भने दुबई पुग्नका लागि अझै केहि समय लाग्ने भएको छ । किनकी उनको अमेरीकामा फ्लाइट छुटेको छ । वेष्ट इन्डिजबाट न्यूयोर्क पुग्न ढिलो भएपछि उनको फ्लाइट छुटेको हो ।

उनी आज विहान न्यूयोर्क बाट युएईका लागि उड्नुपर्ने थियो । तर उनको फ्लाइट छुटे पछि अर्को विमान कुरि रहेको इन्टाग्राममा बताएका छन ।आइपीएलका लागि सबै खेलाडी यूएई पुग्ने क्रम सुरु भएको छ ।

जहाँ उनीहरुले एक साता क्वारेन्टिनमा बसेर तीन पटक सम्म कोरोना परिक्षण गर्नृ पर्नेछ । क्यारेवियन प्रिमियर लिग खेलेका सुनील नरायन, कायरन पोलार्ड लगायतका आधा दर्जन खेलाडी यूएई पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *