सिन्धुपाल्चोकका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न देउवाको माग

News

काठमाडौं : नेपाली कांग्रेसका सभा पति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा पहिरोको उच्च जोखिमका रहेका बस्ती लाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन्। देउवाले भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिक लाई सुरक्षित स्थानान्त रण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गरेका हुन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे,भिरखर्क र नेवार टोलमा पहिरोमा मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्ति
गततर्फबाट सहानुभूति प्रकट गरेका हुन्।

देउवाले विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा,भाँडाकुँडा,औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

आइतबार बिहान घटेको उक्त घटनामा अहिलेसम्म ९ जनाले ज्या’न गुमाइ’सकेका छन् भने १७ जना अझै वेप’त्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *