अमेरिकाले कामदार भिसा पनि डीभी जसैगरी खुलाउँदै, यस्तो छ जाने प्रक्रिया

समाचार

एजेन्सी– अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।यो पनि पढ्नुहोस : अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छयुरोपेली मुलुकहरुले आप्रवासीलाई ब्लू कार्ड उपलब्ध गरउने गरेका छन् । युरोपेली युनियनका २८ सदस्य मुलुकमध्ये २५ मुलुकले ब्लू कार्ड उपलब्ध गराउँछन् ।

सन् २००७ मा लागू गरिएको नीति अनुसार युरोपमा योग्य र दक्ष जनशक्ति भित्र्याउनका लागि ब्लू कार्ड ल्याइएको हो । अमेरिकाको ग्रीन कार्ड भनिएजस्तै युरोपेली युनियनको झण्डामा अंकित निलो रंगका आधारमा ब्लू कार्ड ल्याइएको हो ।ब्लू कार्ड पाउनका लागि नेपालसहित विश्वका धेरै मुलुकका नागरिकले आवेदन दिन सक्छन् । उच्च दक्षता र सीप भएका कामदार तथा कुनै विधातर्फ अनुसन्धान गरिरहेकालाई ब्लू कार्ड दिइन्छ । यद्यपि विद्यार्थी तथा स्वरोजगार गरिरहेकालाई पनि ब्लू कार्ड दिने व्यवस्था छ । ब्लू कार्डका लागि आवेदक आफैं वा आवेदकको रोजगारदाताले आवेदन फाराम भर्नसक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *